जितपुरका युवाको साहसिक स्कुटिङ यात्रा, वडाध्यक्षद्वारा सम्मान

जितपुरका युवाको साहसिक स्कुटिङ यात्रा, वडाध्यक्षद्वारा सम्मान

मनोज खबर जितपुर बारा फागुन २ गते

जितपुरका दुई युवाले स्कुटिङ गर्दै भारतको रक्सौलसम्म पुगेर पुनः जितपुर फर्किने साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। उक्त उपलब्धिको कदर गर्दै जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्ताले युवाहरूलाई सम्मान तथा स्वागत गरेका हुन्।
सम्मान कार्यक्रममा मनिष जयस्वालले आफ्ना भावनाहरू व्यक्त गर्दै भने, “मेरो छोरा स्कुटिङ गर्दैछन्, म निकै खुसी छु। उसको यात्रामा साथ र सहयोग सधैं रहनेछ।” कार्यक्रममा जितपुरका स्थानीय युवाहरूको उल्लेख्य उपस्थितिका साथ यात्रामा सहभागी युवाहरूलाई बधाई तथा सम्मान गरिएको थियो।
स्थानीयस्तरमै युवाको हौसला बढाउने यस्ता पहलले साहस, अनुशासन र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरिएको छ।