एमालेका सेल्टर दाता ठगा चौधरीको बङ्गरि नदीमा अन्त्येष्टि

एमालेका सेल्टर दाता ठगा चौधरीको बङ्गरि नदीमा अन्त्येष्टि
मनाेज खबर जितपुर बारा चैत १० गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ इनर्वासिरा निवासी नेकपा एमालेका स्थानिय कार्यकर्ता राजेन्द्र चौधरीका बुवा पार्टिका सेल्टरदाता ठगा चौधरीको आज यिनीहरू शिला नजिकको बङ्गरि नदीमा अन्त्येष्टि गरिएको छ।
स्व.चौधरीको पार्थिव शरीरमा नेकपा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल,प्रदेश सभा सदस्य देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्य रमेश चौधरी,जिल्ला सदस्य सुदन दास लगायतले पार्टीको झण्डा ओडाएर श्रादान्जली दिदै अन्तिम बिदाइ गर्नुभएको थियो । कार्यक्रममा पौडेल र प्रदेश सभा सदस्य चौधरीले ठागा चौधरीले समाज र पार्टीमा पुर्‍याउनुभएको योगदानको चर्चा समेत गर्नुभएको थियो।